महिला भलिबलको उपाधि न्यु डायमण्डलाई

काठमाडाैं | माघ २४, २०७९

महिला भलिबलको उपाधि न्यु डायमण्डलाई

काठमाडौं:    छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले जितेको छ ।  


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा गर्दै पराजित गर्दै उपाधि जितेको हो ।

 
प्रतिस्पर्धात्मक फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै पहिलो पटक छैटो केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको हो । 


होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले  २८–२६, १९–२५, २५–२२, २४–२६ र निर्णायक तथा पाचौँ सेट १५–९ ले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । 


यस्तै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ । 


उपाधि जितेको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ ।  उपविजेता नेपाल एपिएफले १ लाख ५० हजार र तेस्रो भएको नेपाल पुलिस क्लबले ७५ हजार पुरस्कार पाएका छन् । 
 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्